मधेस प्रदेश : कृषि मन्त्रालयका लागि पौने ३ अर्ब विनियोजन – Nepal Press

मधेस प्रदेश : कृषि मन्त्रालयका लागि पौने ३ अर्ब विनियोजन

जनकपुरधाम । मधेस सरकारले आगामी आर्थिक वर्षका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब ७४ करोड २५ लाख रूपैयाँ विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शैलेन्द्र साहले कृषिलाई प्राथमिकतामा राखेर बजेट छुट्याएको बताए । उनले पालिकाहरूसँग समन्वय गरी सिँचाइको व्यवस्था मिलाउन ७ करोड २० लाख रूपैयाँ विनियोजन गरेको बताए ।

मन्त्री साहले कृषि सडकको निर्माण, कृषि उपजहरूको भण्डारण, आवश्यक बजार व्यवस्थापन लगायतका कार्यका लागि २८ करोड २० लाख र कृषि मिटरमा ७५ प्रतिशत अनुदान दिन ५ करोड बजेट विनियोजन गरेको पनि बताएका छन् ।

उनले आर्थिक वर्ष २०७८/७९ मा मधेस प्रदेशमा आर्थिक वृद्धिदर ४.८ प्रतिशत हुने प्रक्षेपण गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर