टी-२० वरियताको अलराउन्डतर्फ दीपेन्द्रको छलाङ – Nepal Press

टी-२० वरियताको अलराउन्डतर्फ दीपेन्द्रको छलाङ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसीको नयाँ वरीयताअनुसार टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डतर्फ छलाङ मारेका छन् ।

यसअघि वरियताको १०औँ स्थानमा रहेका दीपेन्द्र नवौँ स्थानमा उक्लदैं नेपालको इतिहासकै उच्च स्थानमा रहेका छन् ।

अलराउन्डतर्फ दीपेन्द्र १ सय १५ रेटिङका साथ नवौँ स्थानमा उक्लिएका हुन् ।

टी–२० को अलराउन्डतर्फ अफगानिस्तानका मोहमद नाभि शीर्ष स्थानमा छन् । बङ्गलादेशका सकिब अल हसन दोस्रो, तथा इङल्यान्डका मोईन अली तेस्रो स्थानमा छन् ।

टी–२० को ब्याटिङ तर्फ कुशल भुर्तेल ३९औँ स्थानमा छन् । दीपेन्द्र ४३औँ स्थानमा रहँदा आसिफ शेख ९७औँ स्थानमा रहेका छन् ।

टी–२० अन्तर्राष्ट्रिय को बलिङतर्फ कप्तान सन्दीप लामिछाने ३९औँ स्थानमा छन् भने, अविनाश बोहरा ९०औँ स्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर