गुल्मी जिससमा गठबन्धनको प्यानल विजयी – Nepal Press

गुल्मी जिससमा गठबन्धनको प्यानल विजयी

गुल्मी । जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा पाँच दलीय गठबन्धनको प्यानल नै विजयी भएको छ । बुधबार सम्पन्न निर्वाचनमा कूल २४ मत खसेको थियो । जसमा प्रमुखमा कांग्रेसका दोर्ण खत्री, उप–प्रमुखमा नेकपा माओवादी केन्द्रका तेजेन्द्र सलामीसहित आठ सदस्यलाई समान १५/१५ मत प्राप्त भएको छ ।

नेकपा एमालेबाट समन्वय प्रमुखमा उम्मेदवारी दिएका युवराज न्यौपाने, उप–प्रमुखमा उम्मेदारी दिएकी रमादेवी पुनसहित आठ सदस्यलाई समान नौ/नौ मत प्राप्त भएको छ ।

गठबन्धनको तर्फबाट सदस्य पदको उम्मेदवार महेश्वर भण्डारीको १४ र एमालेको तर्फबाट सदस्यका उम्मेदवार कृष्ण भण्डारीको १० मत आएको छ । शेर बहादुर विक, सुनिता जिसी कुँवर, शेरबहादुर कुँवर, सावित्रा भण्डारी, वीरबहादुर कार्की र निरमाया राना सदस्यमा विजयी भएको सहायक निर्वाचन अधिकृत राम बहादुर कुँवरले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर