पर्यटकीय गतिविधि पुरानै लयमा फर्कन थाल्यो : मन्त्री आले – Nepal Press

पर्यटकीय गतिविधि पुरानै लयमा फर्कन थाल्यो : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री प्रेम बहादुर आले मगरले कोभिड-१९ का कारण थला परेको पर्यटन गतिविधि पुरानै लयमा फर्कन लागेको दाबी गरेका छन् ।

प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यसवर्ष विदेशी पर्यटकको आगमन संख्या सन् २०१८को अनुपातमा पुग्ने बताए ।

‘पर्यटकीय गतिविधिहरू पुरानै लयमा फर्कदै गएको छ,’ मन्त्री आलले भने, ‘नेपालमा पछिल्ला महिनाहरूमा औसतमा ५० हजार पर्यटक आइरहेका छन् ।’ आगामी सेप्टेम्बरदेखि डिसेम्बरसम्म धेरै विदेशी पर्यटक नेपाल भित्रने देखिएको उनले बताए ।

यस्तै कोभिड-१९ को महामारीअघि सन् २०१८ मा १० लाख विदेशी पर्यटक आगमन भएकोमा यसवर्ष पनि सोही मात्रामा पर्यटक आउने सम्भावना देखिएको मन्त्री आलेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर