‘हाउ टु मर्डर योर हज्बेन्ड’ कि लेखिकालाई आजीवन जेल सजाय – Nepal Press

‘हाउ टु मर्डर योर हज्बेन्ड’ कि लेखिकालाई आजीवन जेल सजाय

काठमाडौं । ‘हाउ टु मर्डर योर हज्बेन्ड’ (आफ्नो श्रीमानलाई कसरी मार्ने ?) नामक किताबकी लेखिका न्यान्सी क्रेम्प्टनलाई आफ्नै श्रीमानको अभियोगमा आजीवन जेल सजाय तोकिएको छ ।

७१ वर्षीया अमेरिकी लेखिका न्यान्सीलाई उत्तर पश्चिमी राज्य ओरेगनका न्यायाधीशले २५ वर्षपछि प्यारोलको लागि आवेदन दिन सक्ने जनाउँदै आजीवन जेल सजाय सुनाएका हुन् ।

न्यान्सीले सन् २०१८ को जुनमा आफ्ना श्रीमान् ड्यानियलको हत्या गरेकी थिइन् भने घटनाको तीन महिनापछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

मिडिया रिपोर्टमा उल्लेख भए अनुसार श्रीमानको मृत्यु पश्चात् प्राप्त हुने बिमाको लोभमा उनले श्रीमानको हत्या गरेकी  स्वीकार गरेकी थिइन् । । हत्याको लागि इ-कमर्स साइट इ-बेवबाट उनले बन्दुक मगाएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर