एनएमबी बैकद्वारा सर्लाहीका किसानहरूलाई वित्तीय साक्षरता तालिम – Nepal Press

एनएमबी बैकद्वारा सर्लाहीका किसानहरूलाई वित्तीय साक्षरता तालिम

काठमाडौं । एनएमब बैङ्कद्वारा तालाबन्दी ९सर्लाही० का तरकारी उत्पादक कृषकहरूलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ ।

कार्यक्रममा तरकारी उत्पादक समूहका करिब १५० जना कृषकहरूको उपस्थिति रहेको थियो ।

बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्धारा आयोजित उक्त कार्यक्रममा उपस्थित कृषकहरूलाई उत्प्रेरणाको साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरूको विषयमा वित्तीय शिक्षा प्रदान गर्नुको साथै किसानहरूसँग अन्तरक्रिया समेत गरी उनीहरूको जिज्ञासा तथा सुझावहरू संकलन गरिएको थियो ।

कार्यक्रममा एनएमब बैंकका तर्फबाट लघुवित्त विभागका प्रबन्धक शरद पौडेलले सहजीकरण गरेका थिए । भने, कार्यक्रमको संयोजन बैंकको लालबन्दीका शाखा प्रमुख अरुण कुमार आचार्यले गरेका थिए ।

सर्लाहीको तालाबन्दी क्षेत्र तरकारी उत्पादनको लागि अत्यन्तै महत्त्वपूर्ण पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रका करिब १, हजार ५०० किसानहरू प्रत्यक्ष रूपमा व्यवसायिक तरकारी खेतीमा लागेका छन् ।

एनएमब बैंकले हाल देशभरि २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गदै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर