सेयर बजार सुधारको १९ बुँदे मागसहित कोइरालाले थाले आमरण अनशन – Nepal Press

सेयर बजार सुधारको १९ बुँदे मागसहित कोइरालाले थाले आमरण अनशन

काठमाडौं । पुँजी बजार सुधार र बिस्तारका लागि सेयर लगानीकर्ता तिलक कोइरालाले आजबाट आमरण अनसन सुरु गरेका छन् ।

उनले नेपाल धितोपत्र बोर्डको कार्यालय अगाडि सडकमा बसेर अनसन सुरु गरेका हुन् । यसभन्दा अघि पनि कोइराला २ पटक अनसन बसिसकेका थिए ।

कोइरालले भने, ‘ म आज विहान ११ बजेर ५१ मिनेटबाट धितोपत्र बोर्डको कार्यालय अगाडि सडकमा अनसन बसिरहेको छु । मैले पुँजी बजार सुधारका १९ बुँदे माग लिएर यो अनसन सुरु गरेको हुँ । हामीले पुँजीबजार सुधार र बिस्तारका लागि लामो समयदेखि पहल गर्दै आएका थियौं । तर सरकारले कुरा नसुनेपछि अनसन सुरु गरेको हो ।’

२०७५ सालदेखिका पटक– पटकका आन्दोलन र हाम्रो अनुनय विनयलाई कमजोरी ठानी सरकारले पुँजी बजारको संवेदनशिलता र लाखौं लगानीकर्ताहरुको लगानीलाई वेवास्ता गरेकाले अनसन सुरु गरेको उनले बताए ।

विगतको एमाले सरकारले साढे तीन वर्ष अघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनुपर्ने तथा वाणिज्य बैंकका सहायक कम्पनी र अन्य संंस्थागत पब्लिक कम्पनीहरूलाई एक अर्ब चुक्ता पुँजी कायम गरी तत्काल ब्रोकर लाइसेन्स वितरण गर्नुपर्ने लगायतको १९ बुँदे माग राखेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *