बलात्कारमा हदम्यादबारे कानुन आयोगले अध्ययन गरिरहेको छः कानुनमन्त्री – Nepal Press

बलात्कारमा हदम्यादबारे कानुन आयोगले अध्ययन गरिरहेको छः कानुनमन्त्री

काठमाडौं । बलात्कार मुद्दामा हदम्याद हटाउने विषयमा कानुन आयोगले अध्ययन गरिरहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले बताएका छन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयकबारे उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो जानकारी दिएका हुन् ।

‘जबरजस्ती करणीसम्बन्धी हदम्याद हटाउने सन्दर्भमा मन्त्रालयले कानुन आयोगलाई अध्ययन गर्न अह्राएको छ,’ मन्त्री बन्दीले भने,‘कानुन मन्त्रालयको प्रतिवेदनका आधारमा सरकारले विधेयक ल्याउने छ ।’

सरकारले कानुन ल्याउँदा अपनाउने गरेको प्रचलन अनुसार नै यो काम भइरहेको उनले बताए ।

‘प्रचलन अनुसार नै अध्ययन अनुसन्धान गर्ने र विधेयकको तयारी गर्ने प्रयासमा सरकार छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर