अनशन छोडेकी जश्मिनले निहारिकाको तर्फबाट महिला आयोगसँग वार्ता गर्ने – Nepal Press

अनशन छोडेकी जश्मिनले निहारिकाको तर्फबाट महिला आयोगसँग वार्ता गर्ने

काठमाडौं । ६ दिनदेखि आमरण अनशनमा बसिरहेकी निहारिका राजपुतको मागका सम्बन्धमा महिला आयोगले वार्ता गर्ने भएको छ । निहारिकाको तर्फबाट जश्मिन ओझासँग आयोगका पदाधिकारीले वार्ता गर्ने भएका हुन् ।

निहारिकाको संघर्षमा साथ दिँदै जश्मिन पनि पाँच दिन अनशन बसेकी थिइन् । निहारिकाकै आग्रहमा हिजो उनले अनशन तोडेर वार्ताको नेतृत्व गर्न लागेकी हुन् । निहारिको हातबाट जुस पिएर हिजो जश्मिनले अनसन तोडेकी थिइन् ।

सम्भवतः आजै महिला आयोगसँग पहिलो चरणको वार्ता हुने जश्मिनले बताइन् । आयोगका तर्फबाट अध्यक्ष कमला पराजुलीले वार्ता गर्ने छिन् । साथै, गृह मन्त्रालयका अधिकारीहरुसँग पनि वार्ता हुने भएको छ ।

निहारिकाले आफ्नो बच्चाको डीएनए टेस्ट गर्नुपर्ने, उच्च अदालतमा दिएको पुनरावेदनको पेशी तोकिनुपर्ने लगायतका माग राखेकी छन् । माग पुरा नगरेसम्म अनशनबाट नउठ्ने उनको अडान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *