सेञ्चुरी कमर्सियल बैंक र अलोफ्टबीच सम्झौता, ग्राहकले १० प्रतिशत छुट पाउने – Nepal Press

सेञ्चुरी कमर्सियल बैंक र अलोफ्टबीच सम्झौता, ग्राहकले १० प्रतिशत छुट पाउने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र अलोफ्ट बीच ग्राहकलाई १० प्रतिशत छुट दिने सम्झौता भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अलोफ्ट काठमाण्डौं, ठमेल बीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको हो ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई अलोफ्ट काठमाण्डौं, ठमेलको रेष्टुरेन्टमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र अलोफ्ट होटेल काठमाण्डौंका तर्फबाट बजार प्रमूख पवन राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर