दमौलीमा बैंक अफ काठमाण्डूको क्युआर कोड सेवा सुरु – Nepal Press

दमौलीमा बैंक अफ काठमाण्डूको क्युआर कोड सेवा सुरु

काठमाडौं । दमौलीमा बैंक अफ काठमाण्डू लिमिटेडको क्युआर कोड सेवा सुरु गरेको छ । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार कोड सेवा विस्तारित गर्नेक्रममा तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन रहेको व्यास नगरपालिका- ३ मा क्युआर कोड सेवा सुरु हो ।

तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जिवन शाही तथा बैंकको गण्डकी प्रदेश प्रमुख ईश्वरी प्रसाद जोशीबाट सयुक्त रुपमा क्युआर कोड सेवा सुरु भएको हो । तनहुँ मासु व्यवसायी समितिद्वारा ३२ वटाभन्दा बढि थोक तथा खुद्रा पसलबाट माछा तथा मासुहरुको खरिद बिक्री भईरहेको छ ।
तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जिवन शाहीले यस समितिद्वारा संचालित पसलहरुमा क्युआर कोर्डको सुविधा उपलब्ध गराई बैंकले भुक्तानी प्रणालीमा सहज बनाएको बताए ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै बैंकका गण्डकी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख ईश्वरी प्रसाद जोशीले मासु समिति र व्यवसायीलाई व्यवसायिक सहयोग गर्न बैंक सधै प्रतिबद्ध रहेको जानकारी दिए । साथै, स्थानीय स्तरका व्यवसायी समितिहरु संगको सहकार्यमा बैंकले अन्य स्थानमा पनि बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्न तत्पर रहेको जानकारी दिए ।

यस बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारको लागि रणनितीक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा संचालनमा ल्याइरहेको छ । यसै क्रममा बैंकले सम्पूर्ण हिन्दुधर्मावलम्बीहरुको आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर परिसर, कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दुरीको बसहरु, खाद्य स्टोर तथा पसलहरु, होटल तथा रेस्टुरेन्टहरु, हस्पिटलहरु तथा अन्य महत्वपुर्ण स्थानमा क्यूआर कोड सेवा संचालनमा ल्याइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर