‘कुमारी आमा’ निहारिकाका पक्षमा संसदमा उठ्यो आवाज – Nepal Press

‘कुमारी आमा’ निहारिकाका पक्षमा संसदमा उठ्यो आवाज

थममाया थापाले भनिन्- दूधे बालक च्यापेर न्यायको भीख माग्नु राज्यका लागि लाजमर्दो

काठमाडौं । बलात्कारबाट जन्मिएको दूधे बालक च्यापेर राजधानीमा न्यायको माग गर्दै अनशन बसेकी ‘कुमारी आमा’ निहारिका राजपुतका पक्षमा प्रतिनिधिसभामा आवाज उठेको छ ।

नेकपा एमालेकी सांसद थममाया थापाले आजको प्रतिनिधिसभा बैठकमा यो विषयमा आवाज उठाएकी हुन् ।

सांसद थापाले भनिन्, ‘राजधानी एउटी नेपाली चेली काखमा दूधे बालक च्यापेर न्यायको भीख मागिरहेकी छिन् । जुन राज्यका लागि लाजमर्दो घटना हाे ।’

महोत्तरीकी निहारिकाले आफू १७ वर्षको हुँदा जनकपुरमा शिवराम श्रेष्ठ नशालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको बताउँदै आएकी छन् । सोही गर्भबाट जन्मेको बालक अहिले २१ महिना पुगेको छ ।

‘यही विषयमा राज्यका सबै संयन्त्रमा न्यायको भीख माग्दा न्याय पाइनन्,’ प्रतिनिधिसभा बैठकमा सांसद थापाले भनिन्,‘अदालतले समेत न्याय दिन सकेन । बाध्य भएर पाँचबुँदे माग राखेर अनशनमा छिन् ।’

पीडित निहारिकाको माग यथाशीघ्र सम्बोधन गर्दै न्याय दिन सांसद थापाले सरकारसँग माग गरिन् । निहारिका ६ दिन राजधानीमा अनशन बसेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर