सुनको मूल्य ६०० ले घट्यो, कतिमा भइरहेको छ कारोबार ? – Nepal Press

सुनको मूल्य ६०० ले घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ६०० ले घटेर ९६ हजार ५०० मा आएको छ । छापावाला सुनअघिल्लो दिन प्रतितोला ९७ हजार १०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ६०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २४५ कायम रहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर