‘कतार विश्वकप’ खेल्ने ३२ देशको टुंगो (सूचीसहित) – Nepal Press

‘कतार विश्वकप’ खेल्ने ३२ देशको टुंगो (सूचीसहित)

काठमाडौं । यसै वर्षको नोभेम्बरदेखि १८ डिसेम्बरसम्म कतारमा हुने फिफा विश्वकप खेल्ने ३२ देशको टुंगो लागेको छ ।

मंगलबार भएको अन्तिम महादेशीय प्लेअफमा कोस्टा रिकाले न्यूजिल्यान्डलाई पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेसँगै विश्वकप खेल्ने ३२ टिमको टुङ्गो लागेको हो ।

कतार विश्वकपमा यस पटक एसियाका ६ टिम, दक्षिण अ‍ेमरिकाबाट ४, उत्तर अमेरिकाबाट ४, अफ्रिकाबाट ४ र यूरोपका १४ टिमले आफ्नो स्थान पक्का गरेका छन् ।

विश्वकपको इतिहासमा पहिलोपटक एसियाका एकै संस्करणमा ६ टिमले प्रतिस्पर्धा गर्न लागेका छन् ।

छनौट भएका देशहूमध्ये समूह ‘ए’ मा कतार, नेदरल्याण्ड, सेनेगल र इक्वेडर, समूह ‘बी’ मा इंग्ल्यान्ड, अमेरिका, इरान र वेल्स तथा समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड र साउदी अरेबिया रहेका छन् । त्यसैगरी समूह ‘डी’ मा फ्रान्स, डेनमार्क, ट्युनिसिया र अष्ट्रेलिया, समूह ‘ई’ मा स्पेन, जर्मनी, जापान र कोस्टारिका रहेका छन् ।

समूह ‘एफ’ मा बेल्जियम, क्रोएसिया, मोरक्को, र क्यानडा, समूह ‘जी’ मा ब्राजिल, स्वीजरल्याण्ड, सर्बिया र क्यामरुन रहेका छन् । त्यसैगरी समूह ‘एच’ मा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना रहेका छन् ।

कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर