रुकुम पूर्व र रोल्पामा आज भूम्या पर्व मनाइँदै – Nepal Press

रुकुम पूर्व र रोल्पामा आज भूम्या पर्व मनाइँदै

रुपन्देही ।लुम्बिनी प्रदेशमा मगर समुदायको बाहुल्य रहेको रुकुमपूर्व र रोल्पामा आज भूम्या (नाम्क) पर्व मनाइँदै छ।

लुम्बिनी प्रदेश सरकारले रोल्पा र रुकुमपूर्वमा बुधबार सार्वजनिक बिदा दिएको छ। हरेक वर्ष असारको पहिलो साता मनाइने यस पर्वमा मगर समुदायले पुर्ख्यौली पूजापाठ र मौलिक कला संस्कृति प्रस्तुत गर्ने गर्दछन् ।

दशैंमा जस्तै निम्तालु आदानप्रदान, खानपिन र हर्षउल्लासका साथ मनाइने भुम्या पर्व परापूर्वकालदेखि १८ मगरात क्षेत्रमा बसोबास गर्ने मगर समुदायले मनाउँदै आएको पर्व हो ।

एकीकृत वस्तीजस्तो देखिने रुकुम–रोल्पालीहरुको बाक्लो वस्तीमा अन्न –बालीको राम्रो उब्जनी, प्राकृतिक विपत्तिबाट मुक्ति, घर परिवारमा सु स्वास्थ्यको कामना गर्दै सबै समुदायबीच सद्भावका साथ यो पर्व मनाउने गरिएको नेपाल पत्रकार महासंघ रोल्पाका पुर्वअध्यक्ष मानसिंह बिक बताउँछन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले यो पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै सांस्कृतिक पर्वले संस्कृतिको संरक्षण गरेको बताएका छन् । केसीले लुम्बिनी प्रदेश बहुजाति, बहुभाषिक र बहुसँस्कृतिले भरिपूर्ण भएको उल्लेख गर्दै भूम्या पर्व रुकुम रोल्पालीहरुको साँस्कृतिक पर्व भएकाले यसको संरक्षणमा लाग्ने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर