धापासीमा कारको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु – Nepal Press

धापासीमा कारको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

काठमाडौंको टोखा नगरपालिका- ६ धापासी डाँफे कोलनी नजिकै हिजो कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय प्रियान्स उप्रेती रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

हिजो दिउँसो ३ बजे प्रदेश १ ०२१ च २९५६ नम्बरको कारले प्रदेश २ ०३५ प ०५२० नम्बरको स्कुटरलाई ठक्कर दिंदा पछाडि सवार बालक गम्भीर घाइते भएका थिए । कार सहित चालकलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

One thought on “धापासीमा कारको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

  1. बालकलाई हेलमेट नलगाई पछाडि राख्ने स्कुटर चालकलाई पनि कडा कारबाही होस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *