मेलम्ची नगरपालिकाकी उपमेयरकाे गुनासाे: बजेटले बाढीले बितण्डा गरेको पीडितलाई सम्बोधन गरेन – Nepal Press

मेलम्ची नगरपालिकाकी उपमेयरकाे गुनासाे: बजेटले बाढीले बितण्डा गरेको पीडितलाई सम्बोधन गरेन

काठमाडौं । मेलम्ची नगरपालिकाकी उपमेयर उमा प्रधानले संघीय सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बाढीले बितण्डा गरेको मेलम्ची आसपास र पीडितका बारेमा सम्वोधन नभएको गुनासो गरेकी छन् ।

मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको सन्र्दभमा सरकाले बाढीले बितण्डा गरेको मेलम्ची आसपास र पीडितका बारेमा सम्वोधन नगरेको गुनासो गरेकी हुन् ।

उनले नयाँ बजेटमा पनि यस बिषयमा उल्लेख नहुनु दुख लाग्दो बिषय भएको बताइन् ।बुधबार एक विज्ञप्ति जारी गर्दै संघीय सरकारमेलम्चीप्रति अनुदार रहेको देखिएको बताइन् ।

उनले भनेकी छन्,‘मेलम्ची खानेपानी बिकास समिति पनि बिघटन गरेको आसयका कुरा आएका छन् । यसले संघीय सरकार मेलम्चीप्रति अनुदार रहेको देखाउँछ । मेलम्चीको पानीसँगै याङ्ग्री र लार्केको पानी पनि काठमाडौं लैजाने योजना छ । तर, यहाँको बारेमा संघीय सरकारले वेवास्ता गरेको स्पष्ट देखिन्छ ।
मेलम्ची खानेपानी बिकास समिति नै विघटन भएमा यहाँका सामाजिक उत्थान कार्यक्रमहरु पनि विघटन हुनसक्दछन् । यस्तो गहन विषयमा बजेटमा ध्यान नपु¥याउनु दुःखको कुरा हो । मेलम्ची, हेलम्बू पाँचपोखरी र ईन्द्रावती क्षेत्रका जनताका पक्षमा बिशेष योजना आउनु आवश्यक छ ।’
उनले मेलम्ची नगरपालिकाको तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने प्रतिवद्धता समेत जनाएकी छन् । गत असार १ गते र साउन १६ गते मेलम्चीमा आएको बाढीले

हेलम्बु र मेलम्ची नगरपालिकामा ठूलो धनजनको क्षति भएको थियो । बाढीले कैयौँ घर, खेत, जग्गा जमिन बगायो भने बाटाघाटा, पुल पुलेसादेखि अन्य धेरै भौतिक क्षति पुगेको थियो। बाढीले मेलम्ची नगरपालिका क्षेत्रमा२ सय १५ परिवार भन्दा धेरै विस्थापित बनाउनुको साथै हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङगाउँपालिका क्षति भएको थियो ।

बाढी पछि हेलम्बु गाउँपालिका तथा मेलम्ची नगरपालिका आसपास असुरक्षित हुने विज्ञहरुको अनुमान रहेकोछ । उनले यो वर्षको मनसुन शुरु भैसकेको र प्रशस्त पानी पर्न शुरु भएकोले यसको असर र प्रभावबाट वच्न बचाउन पूर्वसावधानी अपनाउन आग्रह गरिन् ।

 


प्रतिक्रिया

One thought on “मेलम्ची नगरपालिकाकी उपमेयरकाे गुनासाे: बजेटले बाढीले बितण्डा गरेको पीडितलाई सम्बोधन गरेन

  1. मेलम्ची विपद्ले देशको विपद् प्रतिकाे सरकारकाे चासाेलाई यथार्थ अवस्था अवगत गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर