अमेरिकाले नेपाललाई सैन्य क्याम्पमा लैजान खोजेको नेकपा मसालको ठहर – Nepal Press

अमेरिकाले नेपाललाई सैन्य क्याम्पमा लैजान खोजेको नेकपा मसालको ठहर

काठमाडौँ । अमेरिकाले नेपाललाई सैन्य क्याम्पमा लैजानका लागि प्रयत्न गरिरहेको नेकपा मसालले आरोप लगाएको छ । आज महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गर्दै नेपाललाई सैन्य क्याम्पमा लैजान अमेरिकी उच्च वा सैनिक अधिकारीहरूले बारम्बार नेपाल भ्रमण गरेर सरकारलाई दबाब दिइरहेको उल्लेख गरेका छन् ।

संसद्ले एमसीसी पारित गरे लगत्तै अमेरिकाले आफ्ना तिब्बत मामिला हेर्नेलाई प्रमुखलाई नेपाल पठाएको, उनले देहेरादुन गएर दलाई लामालाई भेटेको, काठमाडौँ आएर तिब्बती शरणार्थी नेताहरूलाई भेटेको र सरकारको तिब्बत सम्बन्धी असंलग्न परराष्ट्र नीतिलाई परिवर्तन गरेर नेपाललाई अमेरिकाको तिब्बती सम्बन्धी साम्राज्यवादी नीतिमा लगिरहेको समेत वक्तव्यमा आरोप लगाइएको छ ।

आफ्नो पार्टीले त्यसको विरोध गरेको समेत मोहनविक्रम सिंहले प्रस्ट पारेका छन् ।

वक्तव्यमा एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीतिको अङ्ग भएको समेत ठहर गरिएको छ ।

त्यसलाई स्वीकार गरे नेपाल प्रत्यक्ष रूपले नै इन्डो प्यासिफिक रणनीतिमा सामेल हुने र असंलग्न परराष्ट्र नीति समाप्त भए अमेरिकाको सैन्य क्याम्पमा सामेल हुने उल्लेख छ ।


प्रतिक्रिया

2 thoughts on “अमेरिकाले नेपाललाई सैन्य क्याम्पमा लैजान खोजेको नेकपा मसालको ठहर

  1. अमेरिका लान खाेज्ने तिम्राे गठबन्धन जान खाेज्ने । पैसा पनि खाने अनि गयाे भनेर विराेध पनि गर्ने ? देउवा भन्दा अनैतिक त तिमी पाे निस्कियाै त्यस्ताे देउवालाई भगवान मानेर चरणमा परेका छाै । विदेशीका दलालहरूले राेईलाे नगरेकै राम्राे ।

  2. यहाँहरू जस्तै अवसावादी र स्वार्थी जमात एवं पार्टीकै सहयाेग र बलमा नै त याे सब हुदैछ किन राेइलाे र नाटक मन्चन गर्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर