ओखलढुंगामा जङ्गली च्याउ खाँदा एकै परिवारका दुईको मृत्यु, दुई गम्भीर – Nepal Press

ओखलढुंगामा जङ्गली च्याउ खाँदा एकै परिवारका दुईको मृत्यु, दुई गम्भीर

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फूलबारीमा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढककुमारी लामिछाने रहेका छन् ।

ढककुमारीको ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा मृत्यु भएको थियो भने मनमायाको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

च्याउ खाएर गम्भीर रहेका २७ वर्षीय राजन विष्ट, मनमाया विष्ट र तीन वर्षीया नाबालिका सरिस्मा विष्टलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट शिक्षण अस्पताल काठमाडौं पठाइएको भए पनि उपचारका लागि लगिएकामध्ये मनमायाको शिक्षण अस्पतालमै उपचारका क्रममा मृत्यु भएको छ ।

उनीहरूले कस्तो किसिमको च्याउ खाएको भन्ने बारेमा अझै थाहा नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *