संसदीय छानबिन माग गर्दै एमालेले गर्‍याे संसदमा अवरोध – Nepal Press

संसदीय छानबिन माग गर्दै एमालेले गर्‍याे संसदमा अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गरेको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिले हस्तक्षेप गरेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै एमालेले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको हो ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणमा भएको लापरबाहीबारे संसदीय छानबिन समिति गठन नहुँदासम्म सदन चल्न नसक्ने बताए ।

‘बजेट निर्माणमा अनधिकृत व्यक्तिहरूले हस्तक्षेप गरेको तथ्यहरू सार्वजनिक भएका छन् । अर्थमन्त्रीले त्यसलाई अस्वीकार गर्नुभएको छ । उहाँले भन्दैमा हुँदैन, अब सभामुखकै अग्रसरतामा संसदीय छानबिन समिति गठन हुनुपर्छ । अर्थमन्त्रीले छानिबन समिति फेस गर्नुपर्छ । अन्यथा यो संसद् चल्न सक्दैन’, भट्टराईले भने ।

सभामुख अग्निप्रसाद सापकोटाले सो विषयमा सम्बन्धित मन्त्रीले स्पष्टीकरण पेस गरिसकेको भन्दै नियमावली अनुसार बैठक सुचारु गराउन आग्रह गरेका थिए ।

एमाले सांसदहरूले उठेर अवरोध जारी राखेपछि बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर