बैंकले दिने ऋणमा भयो कडाइ, अब जग्गा धितोमा ऋण नपाइने – Nepal Press

बैंकले दिने ऋणमा भयो कडाइ, अब जग्गा धितोमा ऋण नपाइने

काठमाडौं । अब बैंकमा जग्गा धितो राखेर ऋण नपाइने भएको छ । बैंक तथा वित्तीय संस्थाले जग्गा धितोमा राखेर कर्जा दिन बन्द गरेपछि ऋण नपाइने भएको हो ।

जेठ २३ गते सरकारले जारी गरेको भू-उपयोग नियमावली २०७९ अनुसार वर्गीकरण नभएका जग्गा राखेर बैंकबाट ऋण नपाइने भएको हो । यो नियमावलीअनुसार कृषि र गैरकृषि क्षेत्र वर्गीकरण नगरी जग्गा रोक्का गर्न पाइँदैन । जग्गा रोक्का नै नहुने भएपछि बैंकहरुले ऋण रोकेका हुन् ।

भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले जेठ २७ गतेको मन्त्रीस्तरकाे निर्णयबाट जग्गा धिताे राखेर दिने ऋण रोक्का गरेको हो । भूमि मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग, राष्ट्रिय भूमि आयोग र नापी विभागलाई पत्र नै काटेर जग्गाको वर्गीकरण नगरेसम्म जग्गा राखेर ऋण दिन रोक लगाउन निर्देशन दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर