संस्थाको सेमिनारमा पोर्चुगल लैजान्छु भन्दै ८ जनासँग साढे ३३ लाख रुपैयाँ ठगी – Nepal Press

संस्थाको सेमिनारमा पोर्चुगल लैजान्छु भन्दै ८ जनासँग साढे ३३ लाख रुपैयाँ ठगी

काठमाडौं । पोर्चुगल लैजान्छु भन्दै ८ जनासँग साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरको टोलीले तनहुँको बन्दीपुर नगरपालिका स्थायी घर भई काठमाडौंको ग्रान्डी बस्दै आएका ३५ वर्षीय रोहित प्रजापतिलाई पक्राउ गरेको हो ।

प्रजापतिले बालुवाटारमा आफू अध्यक्ष रहेको संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था रहेको र उक्त संस्थाको पोर्चुगलमा सेमिनार हुन लागेकाले त्यसमा लगेर उतै छाड्ने भन्दै विभिन्न व्यक्तिहरुसँग उक्त रकम उठाएको प्रहरीको दावी छ ।

प्रजापतिले नक्कली हवाई टिकट र भिसासमेत बनाएर पीडितले प्रलोभनमा पारेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *