सय करोड अमेरिकी डलर कमाउने अर्थात बिलिनियर यी ६ खेलाडी – Nepal Press

सय करोड अमेरिकी डलर कमाउने अर्थात बिलिनियर यी ६ खेलाडी

न्युयोर्क। फोर्ब्सले आफ्नो खेल जीवनमा ६ खेलाडीले मात्र एक सय करोड अमेरिकी डलर अर्थात एक बिलियन अमेरिकी डलरभन्दा बढी कमाएको जनाएको छ ।

फोर्ब्सले हालसालै जारी गरेको तथ्यांकअनुसार फुटबलका लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोमात्र उक्त सूचीमा छन् । गल्फका टाइगर उड्सको कमाइ सबैभन्दा बढी १७२ करोड अमेरिकी डलर रहेको छ ।

रोनाल्डोले १२४ करोड अमेरिकी डलर कमाएका छन् । बास्केटबलका जेम्स लेब्रोनको कमाइ ११६ करोड अमेरिकी डलर छ ।

मेस्सीले हालसम्म ११५ करोड अमेरिकी डलर कमाएको फोर्ब्सले जनाएको छ । लन टेनिसका रोजर फेडेररले १०९ करोड अमेरिकी डलर र प्रोफेसनल बक्सिङका फ्ल्योड मेवेदरको कमाई १०८ करोड अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ ।

उड्सको आम्दानीमध्ये १० प्रतिशतमात्र उनले पुरस्कारबापत कमाएको र बाँकी विभिन्न सम्झौतामार्फत प्राप्त गरेको उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर