नेपाली मुद्रा इतिहासकै कमजोर – Nepal Press

नेपाली मुद्रा इतिहासकै कमजोर

काठमाडौं । विश्व अर्थतन्त्रमा अमेरिकी डलर बलियो हुँदै गएको छ । त्यसको असर नेपालमा पनि परेको छ । डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बिन्दुमा पुगेको छ ।

अमेरिकी डलरको मूल्य अधिमूल्य भएर नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको हो ।

आज नेपाल राष्ट्र बैंकले १ डलरको बिक्री मूल्य १२५.१६ रुपैयाँ तोकेको छ । या नै हालसम्मको सबेभन्दा धेरै हो । हिजोसम्म प्रतिडलर बिक्री दर १२४.८४ रुपैयाँमा थियो ।

डलरको विक्री मूल्य वृद्धि हुँदै जाँदा नेपालको अर्थतन्त्रमा समेट प्रभाव पर्ने देखिन्छ । नेपालको अर्थतन्त्र आयातमुखी छ । जति डलरको बिक्रीदर वृद्धि हुन्छ हामीले विदेशबाट सामान आयात गर्दा त्यही अनुसार हामीलाई महँगो पर्न जान्छ । बस्तु आयात गर्दा नेपाललाई अझ महँगो पर्ने भएको छ ।

हामीले बस्तु निर्यात वृद्धि, पर्यटन आगमन वृद्धि, रेमिटेन्स आयातमा वृद्धि केही फाइदा हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर