रिसोर्टमा स्वीमिङ्ग गर्दा डुबेर शिक्षकको मृत्यु – Nepal Press

रिसोर्टमा स्वीमिङ्ग गर्दा डुबेर शिक्षकको मृत्यु

रुपन्देही । रुपन्देहीको तिलोत्तमास्थित बिगचियर रिसोर्टमा स्वीमिङ्ग गर्ने क्रममा डुबेर तिलोत्तमाको न्यू लाइट बोर्डिङ स्कूलका एक शिक्षकको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१ शंकरनगरका ३० वर्षीय सन्दीप पौड्याल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

पौड्याल सोमबार तिलोत्तमा नगरपालिका–३ स्थित बीग चियर रिसोर्टको स्वीमिङ्ग पुलमा साथीहरू सँग पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता पौडेलले बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीस्रोतका अनुसार सन्दीपसँगै पौडी खेल्न गएका साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *