नर्भिकले विराटनगरमा पनि आईभीएफ सेन्टर सञ्चालन गर्ने – Nepal Press

नर्भिकले विराटनगरमा पनि आईभीएफ सेन्टर सञ्चालन गर्ने

काठमाडौं । नर्भिक अस्पतालको अन्तर्राष्ट्रियस्तरको आईभीएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडाैं बाहिर पनि विस्तार हुने भएको छ । नर्भिकको आईभीएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निकट भविष्यमै सेवा सञ्चालन गर्ने गरी विराटनगरमा आईभीएफ सेन्टर निर्माणको काम सुरु गरिएको छ । विराटनगरको शनिहाट क्षेत्रमा सुविधासम्पन्न नर्भिक आईभीएफ सञ्चालन हुनेछ ।

नर्भिकले थापाथलीमा भने २०७८ को असार तेस्राे साताबाट अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको अत्याधुनिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याएको थियो । नर्भिकको आईभीएफ एण्ड फर्टिलिटी सेन्टरको स्तरीय सेवालाई सेवाग्राहीले औधी मन पराएका छन् ।

सेवाग्राहीहरुको मागअनुसार नै काठमाडाैंमा सीमित यो सेवालाई अन्यत्र पनि विस्तार गर्न लागिएको मिश्रले जानकारी दिए । हाल काठमाडाैंमा रहेको आईभीएफ टिमले नै विराटनगरमा पनि सेवा दिनेछ ।

विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी हाल थापाथलीमा विश्वस्तरीय सेवा दिइने गरिएको र सोही स्तरको सेवा विराटनगरमा पनि उपलब्ध हुनेछ ।

देशका अन्य आईभीएफ सेन्टरमा जेनेटिक ल्याबको सुविधा छैन । तर, नर्भिकको यो सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि-जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याबसमेत रहेको छ ।

प्रि-जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भ्रुणको अवस्था पहिचान गरी गर्भधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले वंशाणुगत रोगको जोखिम निराकरण गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर