जिल्ला समन्वय समिति मोरङमा एमालेका राई र झा – Nepal Press

जिल्ला समन्वय समिति मोरङमा एमालेका राई र झा

मोरङ । जिल्ला समन्वय समिति मोरङको प्रमुखमा एमालेका अजम्बर राई विजयी भएका छन् ।

जिल्ला समन्वय समिति मोरङको निर्वाचनमा उनले २१ मत ल्याएर उनी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका जितेन्द्र अग्रवालले १३ मत ल्याएका थिए ।

जिल्ला समन्वय उपप्रमुखमा पनि एमालेकै उषा झाले पनि २१ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिस्पर्धी निलम कुमारी सरदारले भने १३ मत ल्याएकी छन् ।

समन्वय समितिको महिला सदस्यमा उमा नेपाली, उर्वशी कुमारी थारु, हरीमाया विश्वकर्मा विजयी भएका छन् ।

त्यस्तै समन्वय समितिको सदस्यमा तुलसी प्रसाद घिमिरे, देवमणि कटवाल र मित्र प्रसाद ढकाल निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर