पारस र ज्ञानेन्द्रसँग मेयर साहको भेट, क्रिकेट विकासबारे छलफल – Nepal Press

पारस र ज्ञानेन्द्रसँग मेयर साहको भेट, क्रिकेट विकासबारे छलफल

काठमाडौं । काठमाडौंमा क्रिकेटको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा मेयर बालेन्द्र शाहसँग नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानहरू पारस खड्का र ज्ञानेन्द्र मल्लबीच छलफल गरेका छन् ।

पूर्व कप्तानहरु खड्का र मल्लले मेयर शाहसँगको भेटमा उपत्यकामा क्रिकेटको विकासका लागि माहोल बनाउन भूमिका खेल्न आग्रह गरेका छन् ।

भेटमा पूर्व कप्तान खड्काले काठमाडौंले अहिलेसम्म ३, ४ जना खेलाडी बाहेक राष्ट्रिय टिमका लागि उत्पादन गर्न नसकेको उल्लेख गर्दै अब खेलाडी उत्पादनमा महानगरले भूमिका खेल्नुपर्ने बताएको नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य छुम्बी लामाले बताए ।

खड्काको भनाई उदृत गर्दै लामाले भने, ‘काठमाडौंमा क्रिकेटको माहोल बनाऔं । यहाँ यति ठूलो ठाउँ भएर पनि ३, ४ जना बाहेकका खेलाडी उत्पादन गर्न सकेनौँ । अब खेलाडी उत्पादनमा महानगरले माहोल बनाउनुपर्‍यो ।’

यस्तै अर्का पूर्व कप्तान मल्लले सरकारी विद्यालयहरूमा कोच ल्याएर भए पनि क्रिकेटको प्रशिक्षण दिनुपर्ने बताए ।

मेयर शाहले आफू पनि खेलप्रेमि भएको उल्लेख गर्दै महानगरसँग भएको बजेटको सदुपयोग गर्दै क्रिकेटको विकासका लागि कसरी अगाडि बढ्न सकिन्छ छलफल सुरु गर्ने बताए ।

उनले भने, ‘म पनि खेलप्रेमी हुँ । हामीसँग बजेट छ । यसलाई कसरी क्रिकेटको विकासमा लगाउन सकिन्छ, छलफल गरेर अगाडि बढ्छौँ ।

निर्वाचन अगाडि पनि बालेनले पूर्व कप्तान खड्का लगायतसँग भेट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर