सनराइज बैंकद्वारा निःशुल्क स्तन क्यान्सर शिविर सञ्चालन – Nepal Press

सनराइज बैंकद्वारा निःशुल्क स्तन क्यान्सर शिविर सञ्चालन

काठमाडौं । सनराइज बैंकले काठमाडौंको ओमबहालमा निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको छ । पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ । सामान्यता महिलाहरु स्तन क्यान्सरको जाँच गर्न अन्तिम चरणमा अस्पताल जाने गर्दछन् ।

यसलाई पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको उपचार हुन सक्ने र ठूलो क्षतिबाट जोगिन सकिने डाक्टरहरु बताउँछन् । तसर्थ जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाजसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरेको हो ।

सो शिविरमा करिब ६३ जना महिलाहरुको स्तन परीक्षण गरी उनीहरुलाई स्तन क्यान्सरबारे सचेतना दिइएको थियो । साथै शिविरमा आउने सम्पूर्ण मानिसहरुको निःशुल्क रक्तचाप, मधुमेह परीक्षण सेवासमेत दिइएको थियो ।

बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्यअनुरुप नारी बचत खाताअन्तर्गत महिलाहरुलाई ५ लाखसम्मको घातक रोग खर्च दिइरहेको छ । महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोगसहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ ।

बैंकले महिलाहरुलाई प्रसूति खर्चस्वरुप १० हजारसम्म र अस्पताल भर्ना र ओपीडी खर्च गरी १ लाखसम्म बीमाबापतको रकमसमेत दिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर