करिब ११ कराेड लागतमा अपाङ्गतामैत्री प्रशासकीय भवन बनाउँदै वीरेन्द्रनगर – Nepal Press

करिब ११ कराेड लागतमा अपाङ्गतामैत्री प्रशासकीय भवन बनाउँदै वीरेन्द्रनगर

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले झण्डै ११ करोडको लगानीमा एकीकृत भवन बनाउने भएको छ । नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित र सहज बनाउन भन्दै वीरेन्द्रनगरले सो प्रशासकीय भवन निर्माण सुरु गरेकाे  हो ।

१० करोड ७१ लाख लागत अनुमान गरिएको भवनमा लिफ्टसहित पाँच तला रहनेछ । नयाँ बन्न लागेको भवन लिफ्टसहित अपाङ्गमैत्री हुने नगरपालिकाले जनाएको छ । हाल नगरपालिका भवनबाट सेवा प्रवाहमा असहज भएपछि नयाँ भवन शिलान्यास गरिएको नगर प्रमुख मोहनमाया ढकालले बताइन् ।

‘संविधानले स्थानीय तहलाई सेवा प्रवाह गर्ने निकायका रुपमा परिभाषित गरेको छ । सेवाग्राहीको बढ्दो चापले हाल सञ्चालनमा रहेको भवनबाट सेवा दिन अफ्ठ्यारो स्थिति सिर्जना भएपछि नगरपालिकाले नयाँ भवन निर्माण गर्न लागेको हो’, उनले भनिन् ।

२७ महिनामा सम्पन्न गरिसक्ने गरी निर्माण कम्पनी नेपाल पब्लिक शर्मिला जेभीले निर्माणको जिम्मा लिएको उक्त भवन निर्माण पूरा भएपछि सेवा प्रवाह सहज हुने उपप्रमुख नीलकण्ठ खनालले बताए ।

‘अहिलेको कार्यालय साँघुरो भएको छ । अपाङ्गता भएकाहरुका लागि पनि असहज छ’, उनले भने, ‘सबै नागरिकको सहजताका लागि पनि भवन आवश्यक थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर