गाँजाको व्यापार खुल्ला गर्ने जर्मनीको तयारी – Nepal Press

गाँजाको व्यापार खुल्ला गर्ने जर्मनीको तयारी

काठमाडौं । जर्मन सरकारले मनोरञ्जन उद्देश्यका लागि गाँजाको व्यपार खुल्ला गर्ने तयारी गरेको छ ।

अन्तर्राष्टिय संचार माध्यम एपीले जानकारी गराए अनुसार जर्मनीले हाल गाँजा व्यपारसँग सम्बन्धित बिल तयार पारिसकेको छ भने यसै वर्षको अन्त्यसम्म गाँजा व्यापारसँग सम्बन्धित कानुन निर्माण भइसक्ने प्रबल सम्भावना रहेको छ ।

मिडिया रिपोर्टमा उल्लेख भए अनुसार जर्मनीको स्वास्थ्य मन्त्रालयले मंगलबार देखि गाँजाको विभिन्न पक्षहरुको बारेमा विज्ञहरूसँग छलफल गर्ने समेत जनाएको छ ।

जर्मनीका तीन सत्ता साझेदार पार्टीहरुले गत वर्षनै गाजाँको व्यपारलाई वैधानिक बनाइने भनेर गरेको घोषणा अनुरुप हालको प्रस्ताव अघि बढाइएको बताइएको छ भने गाँजा व्यपार खुल्ला गरिएको चार वर्षमा यसको सामाजिक असरको बारेमा समिक्षा गरिने पनि जनाइएको छ ।

जर्मनीमा यस अघिनै स्वास्थ्य प्रायोजनको लागि गाजाँ वैधानिक भए तापनि मनोरञ्जन उद्देश्यका लागि गाँजा वैधानिक गर्न लागिएको यो नै पहिलो पटक हो ।


प्रतिक्रिया

One thought on “गाँजाको व्यापार खुल्ला गर्ने जर्मनीको तयारी

  1. I feel so happy after listening this news. Marijuna supposes to be legalize before please kindly work on it as soon as possible. Thank you

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर