ज्यालादारी कर्मचारी हटाउने वीरगञ्ज महानगरपालिकाकाे निर्णय – Nepal Press

ज्यालादारी कर्मचारी हटाउने वीरगञ्ज महानगरपालिकाकाे निर्णय

जनकपुरधाम । वीरगञ्ज महानगरपालिकाले तत्कालिन मेयर विजय सरावगीले नियुक्त गरेका सबै ज्यालादारी कर्मचारी हटाएको छ ।

२०७८ वैशाखदेखि नियुक्ति भई दैनिक ज्यालादारीमा कार्यरत सबै कर्मचारीहरुलाई अर्को व्यवस्था नभएसम्म हटाएको प्रमुख प्रशासकिय अधिकृत बलराम ढकालले सोमबार सूचना जारी गरेका हुन् ।

वीरगञ्ज महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय र अन्तर्गत रहेका सबै वडा कार्यालय, स्वास्थ्य चौकी र केन्द्रमा तत्कालिन मेयर विजय सरावगीले सयौं ज्यालादारी कर्मचारी नियुक्त गरेका थिए । उनीहरुलाई ०७९ असार १ गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको जारी सूचनामा उल्लेख छ ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित अन्य पालिकाका जनप्रतिनिधिहरुले पनि ज्यालादारी कर्मचारी हटाएका छन् । लहानका मेयर महेश चौधरीले पनि ९४ ज्यालादारी कर्मचारी हटाइसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *