डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला – Nepal Press

डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

धनगढी । डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।

डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

आलितालको वडा नम्बर ३ र ५ को सिमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर