एमाले सचिवालय बैठक- घनश्यामसँग स्पष्टीकरण सोध्ने सिफारिसबारे छलफल नै भएन – Nepal Press

एमाले सचिवालय बैठक- घनश्यामसँग स्पष्टीकरण सोध्ने सिफारिसबारे छलफल नै भएन

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालसँग स्पष्टीकरण सोध्नेसम्बन्धी अनुशासन आयोगको सिफारिसको बारेमा छलफल नै नभएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताएका छन् ।

सो विषयमा कुनै छलफल नभएको र एजेण्डा नै नरहेको उनले बताए । कतिपय नेताले भुसालमाथि कारबाहीको प्रोपोगाण्डा मिडिया खपतका लागिमात्र ल्याइएको भन्दै पार्टी बैठकमा त्यसले प्राथमिकता नपाउने बताएका छन् ।

बैठकमा स्थानीय चुनावको समीक्षा प्रतिवेदन पेश भएको छ । गठबन्धनको घेराबन्दीबीच जनमत एमालेको पक्षमा रहेकाले निराश हुन नपर्ने बैठकमा नेताहरुले बताएका छन् ।


प्रतिक्रिया

One thought on “एमाले सचिवालय बैठक- घनश्यामसँग स्पष्टीकरण सोध्ने सिफारिसबारे छलफल नै भएन

  1. पत्रकार ज्यू के बारे छलफल भयो त्यो लेख्नु नि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर