देशमा समाजवादी क्रान्ति गर्न अझै बाँकी छ : प्रचण्ड – Nepal Press

देशमा समाजवादी क्रान्ति गर्न अझै बाँकी छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले देखेको सपना अझै बाँकी रहेको बताएका छन् ।

माओवादी केन्द्र बर्दिया जिल्ला समन्वय समितिद्वारा आयोजित वैचारिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रममा उनले देशमा माओवादीको एजेण्डा लागू भए पनि समाजवादी क्रान्ति गर्न अझै बाँकी रहेको बताएका हुन् । उनले अबको क्रान्ति निर्णायक हुने उद्घाेग गरे ।

उनले स्थानीय सरकारलाई समाजवादी सत्ताको भ्रुणका रुपमा विकास गर्नुपर्ने बताउँदै स्थानीय तहहरुमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताए ।

उनले माओवादीले जितेका स्थानीय तहहरुबाट विगतका क्रान्तिकारी सत्तालाई जीवन्त राख्दै जनवादी र लोकतान्त्रीकरण गर्नुपर्ने बताए ।

प्रचण्डले १० वर्षे जनयुद्धको सपना लोकतान्त्रिक गणतन्त्रमात्र नभएकाले पार्टीले क्रान्तिको स्वरुपमात्रै परिवर्तन गरेकाले अबको निर्णायक क्रान्तिका लागि सबै कार्यकर्ता तयार हुनुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “देशमा समाजवादी क्रान्ति गर्न अझै बाँकी छ : प्रचण्ड

  1. लुटेरा दलालहरूले साेझा जनता झुक्याउन अझै खाेज्दैछन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर