अखिल बैठक- स्थानीय चुनावमा जित्नेलाई सम्मान, बागी उठ्नेलाई निष्कासन (सर्कुलरसहित) – Nepal Press

अखिल बैठक- स्थानीय चुनावमा जित्नेलाई सम्मान, बागी उठ्नेलाई निष्कासन (सर्कुलरसहित)

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तह निर्वाचनमा पार्टीविरुद्ध बागी उम्मेदवार बनेकालाई कारबाही र आधिकारिक उम्मेदवार बनेर निर्वाचित भएकालाई बधाई कार्यक्रम तय गरेको छ ।

केन्द्रीय पदाधिकारी बैठकपछि सर्कुलर जारी गर्दै महासचिव समिक बडालले अखिलबाट एमालेको उम्मेदवार बनी निर्वाचित भएका जनप्रतिनिधिलाई असार १४ गते सम्मान कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

अनेरास्ववियुका स्थायी कमिटी सदस्य डम्बर बिसी अछामको तुर्माखाँद गाउँपालिका अध्यक्ष र अस्मिता थापा ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै अखिलका अन्य विभिन्न कमिटीका नेता पनि जनप्रतिनिधिमा निर्वाचित भएका छन् ।

बैठकले बागी उम्मेदवार बन्ने तथा संगठनलाई धोका दिई अन्य पार्टीमा प्रवेश गर्ने केन्द्रीय सचिव कनिष पट्टेल, सुदूरपश्चिम संयोजक नेत्र मैनाली, सिटिइभुटी संयोजक यज्ञ भट्टलाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।

त्यस्तै सचिवालय सदस्य राजु कार्की र केन्द्रीय सदस्य प्रकाश पौडेल पनि स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार हराउन लागेको भन्दै निलम्बनमा परेका छन् ।

अखिलले केन्द्रीय सदस्यहरू टीकाजंग थापा, श्रीकृष्ण उप्रेती, अवनी पौडेल र हेमन्त तामाङ विदेश गएकाले उनीहरूलाई जिम्मेवारीबाट बिदा गरेको छ । बैठकले विभिन्न प्रदेशका संयोजक र सचिव चयन गरेको छ ।

यस्तो अखिलको सर्कुलर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर