म्यान्चेस्टर सिटीसँग हालान्डकाे पाँच वर्षे सम्झौता, ५१.२ मिलियन युरोमा अनुबन्धित – Nepal Press

म्यान्चेस्टर सिटीसँग हालान्डकाे पाँच वर्षे सम्झौता, ५१.२ मिलियन युरोमा अनुबन्धित

काठमाडौं । नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्ड पाँच वर्षको सम्झौतामा इङलिस क्लब म्यान्चेस्टर सिटीमा अनुबन्धित भएका छन् ।
सोमबार सिटीले औपचारिक रुपमा हालान्डलाई ५१.२ मिलियन युरोमा क्लबमा भित्र्याएको हो ।

यसअघि जर्मन लिग बुन्डेस्लिगामा बुरोसिया डर्टमन्डबाट खेलेका २१ वर्षीय हालान्डले ८९ खेल खेल्दै ८६ गोल गरेका छन् । हालान्डले साल्नवर्ग र डर्टमन्डबाट कुल १२१ खेल खेल्दै ९२ गोल गरेका छन् ।

हालान्डले नर्वेबाट २१ खेल खेल्दै २० गोल गरेका छन् । उनी नर्वेकाे राष्ट्रिय फुटबल टीमको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् ।

सिटीमा अनुबन्ध हुनुअघि हालान्डलाई स्पेनिस क्लब रियाल मड्रिड र बार्सिलोनाले पनि भित्र्याउन चाहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर