जिसस खोटाङको प्रमुखमा जसपाका राई र उपप्रमुखमा माओवादीका तामाङ – Nepal Press

जिसस खोटाङको प्रमुखमा जसपाका राई र उपप्रमुखमा माओवादीका तामाङ

काठमाडौं । जिल्ला समन्वय समिति खोटाङको निर्वाचन सम्पन्न भएको छ ।

सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा भएको निर्वाचनबाट जिसस प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका जसपाका सनबहादुर राई र उपप्रमुखमा माओवादी केन्द्रका सुरेश तामाङ निर्वाचित भएका हुन्।

खुला सदस्यमा कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ राई, महिला सदस्यमा कांग्रेसकै कला राई, माओवादी केन्द्रकी विष्णुमाया राई र नेकपा एकीकृत समाजवादीका दिलकुमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली विश्वकर्मा विजयी भएका छन्।

निर्वाचित प्रमुख राई र उपप्रमुख तामाङले १६/१६ मत पाएका थिए भने एमालेको तर्फबाट जिल्ला समन्वय प्रमुखका उम्मेदवार किशोर कुमार श्रेष्ठ र उपप्रमुख सन्तोष राईले ४/४ मत पाएका थिए । एमालेले जिसस सदस्यमा भने मनोनयन दर्ता गराएको थिएन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर