पोचेटिनोले पीएसजी छोड्ने – Nepal Press

पोचेटिनोले पीएसजी छोड्ने

काठमाडौं । क्लब सँगकाे वार्तापछि मुख्य प्रशिक्षक मौरिको पोचेटिनोले पेरिस सेन्ट जर्मन (पीएसजी) छोड्ने भएका छन् ।

पीएसजीले औपचारिक घोषणा नगरे पनि पोचेटिनोले क्लब छोड्न लगभग पक्का भइसकेको छ ।

जिनेदिन जिदान, जोस माैरिन्हो र लिग वान क्लब नाइसका प्रशिक्षक क्रिस्टोफे ग्लाटिअर मध्य एक जनाले पोचेटिनोको स्थान लिने अनुमान गरिएको छ ।

स्टार खेलाडीहरू लियोनेल मेसी, नेइमार, केलियन एम्बाप्पे जस्ता खेलाडीले भरिएको पीएसजी फ्रेन्च लिग वानको उपाधि जित्न सफल भए पनि च्याम्पियन्स लिगमा अन्तिम १६ सम्म पुग्न असफल भएको थियो ।

पोचेटिनोको प्रशिक्षण कालमा पीएसजीले २०२१ मा कोप दी फ्रान्स र २०२२ मा लिग वान को उपाधि जितेको थियो । तर, क्लबले दिएको जिम्मेवारी अनुसार उनको प्रशिक्षणमा पीएसजीले हासिल गरेको त्यो एकदमै न्यूनतम सफलता हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर