बर्दियामा प्रचण्ड : भुईँमा पलेँटी कसेर घोंगीसँग खाना – Nepal Press

बर्दियामा प्रचण्ड : भुईँमा पलेँटी कसेर घोंगीसँग खाना

बर्दिया । पार्टीको आन्तरिक कार्यक्रमका लागि बर्दिया पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय कार्यकर्ताकै निवासमा खाना खाएका छन् ।

अध्यक्ष प्रचण्डले स्थानीय कार्यकर्ताहरूसँग भुईँमै बसेर पलेँटी कसेर खाना खाँदै गरेको तस्बिर गंगा दाहालले फेसबुकमा पोस्ट गरेकी छिन् ।

तस्बिरमा प्रचण्डसहित माओवादी नेता कार्यकर्ताहरूले स्थानीयको आतिथ्यतामा खाना, रोटी, घोंगी र मासु लगायतका परिकारहरू खाँदै गरेको देख्न सकिन्छ ।

पृष्ठभूमि माओवादी संघर्षका क्रममा शहीद भएकाको तस्बिरहरू देख्न सकिन्छ । घोंगी स्थानीय थारु समुदायमा प्रख्यात परिकार हो ।


प्रतिक्रिया

3 thoughts on “बर्दियामा प्रचण्ड : भुईँमा पलेँटी कसेर घोंगीसँग खाना

  1. बिचरा राजनेतालाई बसेर खान कतिगार्हो भा होला? यिनकाहनुहरू के हेरीचन्।

  2. भुइमा बसेर खानु कुन नौलो कुरा हो र ? यस्ता कुरालाइ समेत समचारको मुख्य बिषयबस्तु बनाउनु समचार प्रतिको बिस्वास घट्नु हो।

  3. समाजबाद, समाजवाद भन्दै बहुसंख्यक जनतालाई मुर्गा हान्दै सत्ताको लागि धन्दा गर्ने विदेशीका भाडाका टट्टूहरु ! तिमेरुका अब धेरै दिन छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर