ओखलढुंगामा बलबहादुर राई स्मृति ब्याडमिन्टन प्रतियोगिता सम्पन्न – Nepal Press

ओखलढुंगामा बलबहादुर राई स्मृति ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

ओखलढुंगा । प्रथम बलबहादुर राई स्मृति ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकल १७ वर्ष मुनि तर्फ आशिष खनालले उपाधि जितेका छन् ।

ओखलढुंगाको मानेभञ्ज्याङ ब्याडमिन्टन क्लब र वडा-५ को आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा पुरुष युगलतर्फ आङकुसाङ शेर्पा र गणेश ढुंगेलको जोडी र महिला युगलतर्फ तारा श्रेष्ठ र सावित्रा राई विजयी बने ।

गाउँपालिकाको कभर्डहलमा सम्पन्न खेलमा पुरुष सिंगल्स १७ वर्षमुनि, पुरुष डबल्स र महिला डबल्स गरि तीन विधामा प्रतिस्पर्धा भएको थियो ।

राष्ट्यि ब्याडमिन्टन संघका अनुपरत्न शाक्य, राजु देउजा, सुमित शाक्य र ओममणी वज्राचार्यले निर्णायकको भूमिका निर्वाह गरेको उक्त प्रतियोगितामा विभिन्न जिल्लाबाट पुरुष युगलतर्फ २८ जोडी, महिला युगलतर्फ जोडी र १७ बर्षमुनिका पुरुष एकलतर्फ १६ जना प्रतिस्पर्धी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर