नेपाली बजारमा नम्बर १ स्मार्टफोन बन्दै रेड्मी नोट ११ – Nepal Press

नेपाली बजारमा नम्बर १ स्मार्टफोन बन्दै रेड्मी नोट ११

काठमाडौं । इन्टरनेशनल डाटा कर्पोरेसनको वर्ल्डवाइड क्वाटर्ली मोबाइल फोन ट्र्याकर क्यु १ को विज्ञप्तिअनुसार रेड्मी नोट ११ नेपालको नम्बर १ स्मार्टफोनमा रहेको बताएको छ । शाओमीले पूर्व ७ त्रैमासिकदेखि लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीको रूपमा आफ्नो स्थान कायम गर्दै आएको हाे ।

रेड्मी नोट ११ नेपालमा सबैभन्दा बढी सिप गरिएको स्मार्टफोन हुनुको साथै रेड्मी १० प्राइम २०२२ र रेड्मी ९ ए पनि शीर्ष स्थानमा रहन सफल भएको छ ।

रेड्मी नोट ११, शाओमी १२ सिरिज जस्ता उत्पादनहरुको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । यसका साथै शाओमीले एस १ एक्टिभ, वाच लाइट, टीभी स्टिक, मी ट्रिमर, मी स्मार्ट ब्यान्ड ब्यान्ड ६ र रेड्मी सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क आदि नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ ।

यसको अतिरिक्त अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्‍याएको छ । अहिले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै शाओमीले देशभर ३ हजारभन्दा धेरै अफलाइन पार्टनर स्टोर र १५ प्लस अधिकृत स्टोरहरू स्थापित गरेको छ । कम्पनीको हाल नेपालका विभिन्न स्थानमा एक बलियो वितरण नेटवर्क रहेको छ ।

नेपालमा ग्राहकको आवश्यकताहरुलाई पूरा गर्न एक समर्पित सेवा वेयरहाउसको माध्यमबाट मजबुत आफ्टर सेल्स सेवासंँगै बजारमा आफ्नो स्थान बलियो बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर