आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीशसहितको इजलासमा – Nepal Press

आईजीपी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीशसहितको इजलासमा

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटको सुनुवाइका लागि इजलास तोकिएको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो ।

यसअघि जेठ १७ गतेका लागि पेसी तोकिए पनि अवकाश पाइसकेका डीआईजीहरूले दर्ता गरेको रिट पनि एकै ठाउँमा राखेर हेर्ने आदेश भएको तर विपक्षीका नाममा म्याद तामेल भइसकेको भन्दै सर्वोच्चले आजका लागि पेसी तोकेको थियो ।

एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजीपी बनाएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *