इटहरीमा एकाबिहानै बस्तीमा पस्यो चितुवा – Nepal Press

इटहरीमा एकाबिहानै बस्तीमा पस्यो चितुवा

इटहरी । इटहरीमा एकाबिहानै चितुवा देखा परेको छ । इटहरीको जुट विकास टोलमा बिहान ५ बजेतिर चितुवा आएपछि स्थानीय त्रसित बनेका छन् ।

चेपमा लुकेर बसेको चितुवा नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी, सशस्त्र प्रहरी, जिल्ला वन कार्यालयका कर्मचारी खटिएका छन् । त्यस्तै कोशी टप्पु वन्य जन्तु आरक्षबाट विज्ञ टोली पनि परिचालित छन् ।

चितवा आएको स्थानमा पुगेका इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले स्थानीयलाई सुरक्षित बनाउने र चितुवालाई नियन्त्रणमा लिन छलफल भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *