हेटौंडामा बालेन्द्र र सुनिताको ‘डिमाण्ड’ (तस्बिरहरू) – Nepal Press

हेटौंडामा बालेन्द्र र सुनिताको ‘डिमाण्ड’ (तस्बिरहरू)

काठमाडौं । वागमती प्रदेश सरकारले स्थानीय चुनावमा निर्वाचित जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहजीकरणमा वागमती मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हेटौंडामा नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

आज र भोलि चल्ने कार्यक्रममा प्रदेशभरका महानगर, नगर, गाउँपालिकाका जनप्रतिनिधि सहभागी छन् ।

कार्यक्रममा आकर्षणको केन्द्र बनेका छन् – काठमाडौं महानगरका मेयर-उपमेयर बालेन्द्र साह र सुनिता डंगोल । युवा उमेरमै संघीय राजधानी एवं देशकै ठूलो स्थानीय तहको नेतृत्वमा पुगेका उनीहरू कार्यक्रममा ‘सेलिब्रेटी’ जत्तिकै बनेका छन् । दुईजनाले अनौपचारिक छलफलमा स्थानीय विकास र पालिका सञ्चालनसम्बन्धी अनुभव र आइडिया आदानप्रदान समेत गरेका छन् ।

सहभागीले तस्बिरका लागि अनुरोध गरेपछि बालेन्द्र र सुनितालाई भ्याइनभ्याइ छ ।

हेरौं केही तस्बिरहरू :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *