बेँसीशहरबाट सात जुवाडे पक्राउ – Nepal Press

बेँसीशहरबाट सात जुवाडे पक्राउ

लमजुङ । लमजुङ प्रहरीले सदरमुकाम बेँसीशहरबाट ४४ हजार ७ सय ७० रुपैयाँ नगदसहित सात जना जुवाडे पक्राउ गरेको छ ।

प्रहरीले शनिवार दिउँसो २ बजेको समयमा बेँसीशहर-७ पुरानो बैंकचोक स्थित बुद्धि कुमार श्रेष्ठको घरमा हार जितको बाजी राखी जुवा(तास खेल्दै गरेका सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेँसीशहर नगरपालिकाका तीन जना, मर्स्याङ्दी गाउँपालिकाका दुई जना, दोर्दी गाउँपालिकाको एक जना र नवलपरासी जिल्लाका एक जना रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट १६० पत्ती तास र नगद ४४ हजार ७ सय ७० रुपैयाँ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले बताए ।

उनका अनुसार आइतबार सार्वजनिक बिदा परेका कारण उनीहरूलाई सोमबार जिल्ला प्रशासन कार्यालय लमजुङमा म्याद थप गरी अनुसन्धान गरिनेछ ।

लमजुङ प्रहरीले चालु आव २०७८/०७९ मा जुवा तास खेल्ने खेलाउने ८० जना पुरुष र १ महिलालाई नगद ८ लाख ६५ हजार दुई सय रकम बरामद गरी कानुनको दायरामा ल्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर