प्रचण्ड भन्छन्- क्रान्ति अझै बाँकी छ, निर्णायक संघर्ष आवश्यक – Nepal Press

प्रचण्ड भन्छन्- क्रान्ति अझै बाँकी छ, निर्णायक संघर्ष आवश्यक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्ति अझै बाँकी रहेकाले निर्णायक संघर्षको आवश्यकता रहेको बताएका छन् ।

आइतबार सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको पूर्णबैठकमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले माओवादीले जितेका १२२ स्थानीय तहलाई विकासको मोडलको रूपमा विकास गर्नुपर्ने बताउँदै देशका नमूना बनाइने प्रतिबद्धता जनाए । उनले माओवादी सशस्त्र आन्दोलनमा शिक्षकको भूमिकाको प्रशंसासमेत गरे ।

संघर्ष, रुपान्तरण र एकताको सो बैठकले शैक्षिक तथा पेशागत माग र मुद्दाको पक्षीकरण र सम्बद्ध नेतृत्वबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएको केन्द्रीय कोषाध्यक्ष कुलप्रसाद खतिवडाले बताए ।

बैठकमा अखिल नेपाल शिक्षक संगठन र अन्य संगठनबाट भेरी कर्णाली ब्यूरो सदस्यसहित प्रवेश गरेको उनले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “प्रचण्ड भन्छन्- क्रान्ति अझै बाँकी छ, निर्णायक संघर्ष आवश्यक

  1. अबकाे क्रान्ति भनेकाे नातिनातिनीलाई समेत पद सुनिश्चित गर्नकाे लागि हुनेछ । हाम्रा सन्ततिले चुनाव नलडीकन नै पद पाउने सुनिश्चतता प्रदान गर्नु हाे । साथै लुटेकाे पैसा लुकाउन विदेश नलगेर सिधै नेपालकाे बैंकमा दाखिल गर्न पाउनुपर्छ भन्ने हाे । नपढेकाले पनि सिधै जागिरमा अवसर पाउनुपर्छ जातकाे आधारमा त्याे पनि सम्बन्धित जातभित्रकाे पनि बलियाेले पाउनेगरि ।। प्रदेश र स्थानीय तहले मन लागे नेपाल नत्र जता लाग्छु भन्न पनि पाउनुपर्छ । अरूलाई सिधै प्रवेश दिने तर कर्णालीमा जन्मेकाे बाहुन क्षेत्रीकाे छाेराेले जागिरमा प्रवेश पाउन अनिवार्य प्रतिष्पर्धा गर्नुपर्छ । हिन्दू धर्म मान्ने मान्छेकाे संख्या धेरै भएकाले त्याे घटाउन क्रिश्चियन धर्मलाई विशेष प्रथमिकता दिनुपर्छ । भारतीय मूलका व्यापारिलाई प्राेत्साहन गर्न उनीहरूले गरिरहेकाे व्यवसायमा राज्यले कर घटाउने र अरू व्यापारीलाई बढी कर लगाउनेछ । यस्तै यस्तै गरेर नेपाल सिध्याउन फेरि क्रान्ति गर्नुपर्छ भनेकाे हाे याे विदेशी दलालले । अब नेपाली जनताले यसलाई भाेट दिनु भनेकाे नेपाल सिध्याउन लाईसेन्स दिनुसरह हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर