लुम्बिनीको नीति तथा कार्यक्रम बहुमतले पारित – Nepal Press

लुम्बिनीको नीति तथा कार्यक्रम बहुमतले पारित

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेशसभाको बहुमतले पारित गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनद्वारा गत जेठ २५ गते प्रस्तुत नीति तथा कार्यक्रम पारित भएको हो ।

सभाुमख पूर्णबहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम प्रदेशसभाको बहुमतले पारित गरेको हो । सभामा सांसदहरुले उठाएका विषयहरुको जवाफ दिँदै मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारको ‘समृद्धि प्रदेश, आत्मनिर्भर लुम्बिनी’ को नारालाई यस वर्षको बजेटबाट सम्बाेधन गरिने बताए ।

उनले सबै सांसदहरुलाई लुम्बिनीको विकासका लागि एकताबद्ध भएर लाग्न अनुरोधसमेत गरे ।

लुम्बिनी प्रदेश सरकारले ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’ भन्ने मूल नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न लागेको बताउँदै उनले अझै आगामी वर्षको बजेटमा परिमार्जित र परिस्कृत बनाउन सबै जिम्मेवार हुनुपर्ने बताए ।

‘हाम्रो राजनीतिक विचार र दर्शन फरक फरक होला र छ पनि । तर, लुम्बिनीको विकासका लागि एक हुनुपर्दछ । हाम्रो सबैको दायित्व र जिम्मेवारी बराबरी छ’, उनले भने, ‘हामी सचेततापूर्वक रुपमा लागौँ र लुम्बिनीलाई समृद्ध बनाऔँ ।’

लुम्बिनी र राप्ती प्रदेश अस्पताल, लुम्बिनी विश्वविद्यालय, प्रदेशको राजधानी व्यवस्थापन, केही गौरवको आयोजना र आम जनताको जीवनस्तर माथि उठाउने विषाय आगामी बजेटमा समावेशको तयारी भइरहेको मुख्यमन्त्री केसीको भनाइ थियो ।

यसअघि प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेश गरेका प्रमुख प्रतिपक्ष दलका सचिव भोजप्रसाद श्रेष्ठले प्रस्ताव फिर्ता लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर