नेपाल युवा उद्यमी संघ ललितपुरको वार्षिक साधारण सभा सम्पन्न – Nepal Press

नेपाल युवा उद्यमी संघ ललितपुरको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल युवा उद्यमी संघ ललितपुरको वार्षिक साधारण सभा सम्पन्न भएको छ । यो संस्थाको उद्देश्य उद्यमशीलतालाई बढाउने र त्यसका लागि एकीकृत सोच, शिक्षाको लागि जागरूक, आफ्नो पहिचान बनाउने हो ।

यो संस्थाको स्थापना सन् १५ डिसेम्बर २०२१ मा भएको हो । युवा उद्यमी संघ ललितपुरले आफ्नो पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र युवा उद्यमी संघका नेशनल गर्भनिङ काउन्सिलका अध्यक्ष उदिप श्रेष्ठको उपस्थिति थियो ।

युवा उद्यमी संघ ललितपुरले राज करण श्रेष्ठलाई यो आर्थिक वर्षको नयाँ अध्यक्ष घोषित गरेको छ ।

वार्षिक साधारण भागमा आर्थिक प्रतिवेदन र वार्षिक प्रतिवेदन राज करण श्रेष्ठले र उपाध्यक्ष सुविन श्रेष्ठले दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर