जिसस ओखलढुंगामा कांग्रेसको क्लीन स्वीप – Nepal Press

जिसस ओखलढुंगामा कांग्रेसको क्लीन स्वीप

ओखलढुंगा । ओखलढुंगाको जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसले क्लीन स्वीप गरेको छ ।

जिससको प्रमुख, उपप्रमुख र सदस्य पदहरूमा कांग्रेसको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार आज भएको मनोनयन दर्ता कार्यक्रमको निर्धारित समयभित्र नेपाली कांग्रेसका तर्फबाट मात्रै उम्मेदवारी दर्ता भएकोले उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

जिसस प्रमुखमा डिल्लीराम खनाल र उपप्रमुखमा तारा कार्की निर्वाचित भएका छन् ।

सदस्यहरूमा गोपालमान थापा, राजाबाबु किराँती, बद्रीविक्रम कार्की, भीमकुमार गौतम, भीमकुमारी कटवाल, भीमकुमार कामी र मैयाँ सुनुवार रहेका छन् ।

जिल्लाका ८ स्थानीय तहका १६ प्रमुख र उपप्रमुखहरूमध्ये कांग्रेसबाट मात्रै ९ जना रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर